तातोपानी नाका दुईतर्फी खुला, सामान आयात–निर्यात हुँदै


१८ बैशाख २०८०, सोमबार
tatopani naka
फाइल फोटो

काठमाडौं । तातोपानी नाकालगायतका नेपाल र चीनबीचका सबै नाकाहरु आज (सोमबार) देखि पूर्ण रुपमा सञ्चालनमा आउने भएका छन् । गत चैतमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाबीच ल्हासामा भएको वार्तामा सोमबारदेखि तातोपानीसहिता सबै नाका खुला गर्ने सहमति भएको थियो ।

सोही सहमति अनुसार नाकाहरु खोल्न लागिएको हो । सोमबार बिहान नेपालबाट २९ लाख २९ हजार ८ सय ११ रुपैयाँ बराबरको तीन ट्रक मुडा र म्याट्रेस चीनतर्फ निर्यात भएको तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले जानकारी दिए । २०७२ सालको भूकम्पपछि बन्द भएको सिन्धुपाल्चोकको कोदारी नाका र हुम्लाको यारी लगायतका नाकाहरु सोमबारदेखि पूर्ण रुपमा खुल्न लागेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

त्यस्तै, मुस्ताङको कोरला, संखुवासभाको किमाथाङ्का, ताप्लेजुङको ओलाङचुङ्गोला, मुगुको न्याङ्चे, दार्चुलाको व्यास, गोरखाको चुम्नी र डोल्पाको उत्तरी नाका पनि खुल्ने मन्त्रालयले जनाएको छ । त्यस्तै २०७६ चैत ११ गते कोभिड–१९ को संक्रमण बढ्दै गएपछि रसुवागढी–केरुङ नाका पनि बन्द भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७