यी हुन् कांग्रेसका प्रदेश र प्रतिनिधिसभाका उम्मेदवार(सूची सहित)


५ कार्तिक २०७४, आईतवार
nepali congress flag

काठमाडौं :  नेपाली काँग्रेसले आगामी मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ३२ जिल्लाका निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । काँग्रेसले संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी  (राप्रपा) र राप्रपा (प्रजातान्त्रिक)सँग चुनावी तालमेल गरेर उम्मेदवार टुंगो लगाएको केन्द्रीय सदस्य डा प्रकाशशरण महतले जानकारी दिए ।

उम्मेदवारको टुंगो लगाउन काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका शीर्ष नेताहरु शनिबार साँझ अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा जुटेका थिए । स्रोतका अनुसार काँग्रेससँग चुनावी तालमेल गरेको नयाँ शक्ति नेपालले दुईवटा निर्वाचन क्षेत्र पाएको छ भने राप्रपा प्रजातान्त्रिकले एउटा मात्र निर्वाचन क्षेत्र पाएको छ ।

नयाँ शक्ति नेपालबाट गोरखा क्षेत्र नं २ र रसुवामा उम्मेदवार रहनेछन् । राप्रपा प्रजातान्त्रिकले पशुपतिशम्शेर राणालाई सिन्धुपाल्चोक–२ मा काँग्रेससँगको तालमेलमा उम्मेदवारी दिने भएको छ । राप्रपा र संघीय समाजवादी फोरमले भने प्रदेशसभा सदस्यमा मात्र उम्मेदवारी दिने बताइएको छ । काँग्रेसले जनतामाझ लोकप्रिय तथा निर्वाचनमा जित हासिल गर्न सक्ने कर्मठ, संघर्षशील र त्यागी व्यक्तिलाई उम्मेदवार बनाएको नेता महतले बताए ।

 

nepali congress flag

 

कांग्रेसका प्रतिनिधिसभाका उम्मेदवारहरु :

ताप्लेजुङ – केशव दाहाल
पाँचथर – भीष्मराज आङदेम्बे
संखुवासभा – दीपक खड्का
भोजपुर – उमेशजंग रायमाझी
खोटाङ- सरस्वती बजिमय
सोलुखुम्बु- बलबहादुर केसी
ओखलढुंगा- रामहरि खतिवडा
रामेछाप- कान्छाराम तामाङ
दोलखा-रुद्र खड्का
सिन्धुपाल्चोक १ – मोहनबहादुर बस्नेत
सिन्धुपाल्चोक २- पशुपतिसमशेर राणा (राप्रपा प्रजातान्त्रिक)
नुवाकोट १ – डा. रामशरण महत
नुवाकोट २- अर्जुननरसिंह केसी
धादिङ १ – विश्व अर्याल
धादिङ २ – दिलमान पाख्रीङ
लमजुङ- दिलबहादुर घर्ती
म्याग्दी- खम्वीर गर्बुजा
गोरखा १ – चीनकाजी श्रेष्ठ
गोरखा २- बाबुराम भट्टराई (नयाँ शक्ति)
रसुवा – प्रेम तामाङ (नयाँ शक्ति)
बाग्लुङ १ – चम्पादेवी खड्का
बाग्लुङ २- निरज पुन
रुकुम पूर्व- गोपालजीजङ्ग शाह
रोल्पा- अमरसिंह पुन
जाजरकोट- राजीवविक्रम शाह
कालीकोट – भूपेन्द्रजंग शाही
हुम्ला – मंगल शाही
जुम्ला- देवेन्द्र शाही
मुगु- हस्तबहादुर मल्ल
डोल्पा- अंगद बूढा
रुकुम पश्चिम- वीरबहादुर ओली
बझाङ- पृथ्वीबहादुर सिंह
बाजुरा- कबिराज पण्डित
बैतडी- नरबहादुर चन्द
दार्चुला- विक्रम सिंह
मुस्ताङ – टुंग्याउन बाँकी
मनाङ – टेकबहादुर गुरुङ


कांग्रेसका प्रदेशसभाका उम्मेदवाहरु :-

ताप्लेजुङ कः लिलादेवी बोखिम
ताप्लेजुङ खः दिपेन्द्रकुमार सेन्दाङ

पाँचथर कः नरेन्द्रकुमार केरुङ
पाँचथर खः सुुरेन्द्र दाहाल

सोलुखुम्बु कः प्रकाशसिंह कार्की
सोलुखुम्बु खः आङगेलु शेर्पा

खोटाङ कः सुभाषकुमार पोखरेल
खोटाङ खः विष्णुकुमार राई

मनाङ कः चिन्ताबहादुर घले
मनाङ खः कर्मा गुरुङ

हुम्ला कः ठानबहादुर रोकाया
हुम्ला खः जीवनबहादुर शाही

जाजरकोट कः वेदराज सिंह
जाजरकोट खः दिपकजंग शाह

कालिकोट खः कालीबहादुर साहकारी

मुगु कः तिलकबहादुर
मुगु खः खड्ग शाही

ओखलढुंगा कः मित्रसेन दाहाल
ओखलढुंगा खः प्रदिपकुमार सुनुवार

बैतडी कः हरि मोहन भण्डारी
बैतडी खः प्रकाश सिंह कार्की

भोजपुर खः गोविन्दबहादुर कार्की

म्याग्दी कः गठबन्धन
म्याग्दी खः अमलाल फगानी

बाजुरा कः जनक गिरी
बाजुरा खः पदमबहादुर शाही

गोरखा १ कः धिरेन थापा १
गोरखा १ खः राजेन्द्र बजगाई

गोरखा २ कः नयाँ शक्ति
गोरखा २ खः प्रकाश दवाडी

धादिङ २ कः रमेश धमला
धादिङ २ खः गठबन्धन

धादिङ १ कः मधुकुमार श्रेष्ठ
धादिङ १ खः प्रभातकुमार सुवेदी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७