सरुवा, बढुवामा कुनै राजनीतिक हस्तक्षेप छैन : महानिरीक्षक अर्याल


१८ बैशाख २०८०, सोमबार
raju aryal apf

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले आफ्नो संगठनभित्रको सरुवा बढुवामा राजनीतिक हस्तक्षेप नरहेको बताएका छन् ।

आज (सोमबार) सशस्त्र प्रहरी बल, नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महानिरीण्क्षक अर्यालले संगठनभित्रको सरुवा, बढुवामा कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप नभएको बताएका हुन् । उनले सरुवा, बढुवा संगठनले चाहे अनुसार नै भइरहेको स्पष्ट पारे । उनले सशस्त्र प्रहरीको सादा पोशाकमा हुने विकृतिहरूलाई हटाइएको पनि बताएका छन ।

‘सादा पोशाकमा हुने विकृति हटाएको हा े। सादा पोशाकबाट गएर बार्गेनिङ गर्ने काम हुँदैन । त्यो प्रवृत्ति हटाएको हो,’ उनले भने, ‘त्यस्तो राजनीतिक हस्तक्षेप कुनै पनि छैन यो सशस्त्र प्रहरी बलमा। हामीले संगठनले चाहे अनुसारको सरुवा, बढुवा गरेका छौँ ।’

उनले सीमा सुरक्षा गर्नु आफूहरुको मुख्य काम भएको भन्दै प्राथमिकताका आधारमा सीमामा जनशक्ति राखिने गरेको उल्लेख गरे । महानिरीक्षक अर्यालले काममा डिजिटलाइजेशन गर्ने लक्ष्य राखिएको र सो का लागि सरकारले बजेटको सुनिश्चितता पनि दिइसकेको जानकारी गराए । उनले सशस्त्र प्रहरी बललाई आकर्षक सेवाको रुपमा स्थापित गर्ने उद्देश्यसहित अगाडि बढिरहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७