आमा–छोरा १७ दिनदेखि बेपत्ता


१९ बैशाख २०८०, मंगलवार
bepata

तनहुँ । तनहुँको व्यास नगरपालिका–१० बिपी भञ्ज्याङका २० वर्षीया राममाया विक र उनका चार वर्षीय छोरा लप्सन १७ दिनदेखि बेपत्ता भएका छन् । दुवै जना यही वैशाख ३ गतेदेखि बेखबर छन् ।

माइतीघर तथा आफन्तजन, इष्टमित्र सबै कहाँ खोजी गरे पनि फेला नपरेको राममायाका श्रीमान् लोकबहादुर विकले बताए । ‘आमा–छोराको खोजीका लागि प्रहरी कार्यलयमा जाहेरी दिएको छु, तर कुनै खबर नपाउँदा चिन्ता थपिएको छ’, उनले भने । भारतको रोजगारीमा रहेका विक श्रीमती हराएको खबर पाए लगत्तै नेपाल फर्किएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७