नेपाली क्रिकेट खेलाडीलाई एमाले अध्यक्ष ओलीको बधाई


१९ बैशाख २०८०, मंगलवार
kp oli 7

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली खेलाडीलाई बधाई ज्ञापन गरेका छन् ।

अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत फाइनल खेलमा युनाइेटड अरब इमिरेट्स (युएई) लाई सात विकेटले पराजित गरेकामा नेपाली खेलाडीलाई बधाई दिएका हुन् । उनले नेपाली क्रिकेट टोलीसहित सम्पूर्ण नेपालीलाई बधाई ज्ञापन गरेका छन् । आजको जितसँगै नेपाल आगामी सेप्टेम्बरमा हुने एसिया कप क्रिकेटका लागि छनोट भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७