सरकारी जग्गा व्यक्तिको नाममा गरिदिने मालपोत अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा


१९ बैशाख २०८०, मंगलवार
akhtiyar

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गलत लिखत तयार गरी ऐलानी जग्गामा बनेको घर राजीनामा पास गरिदिने मालपोत कार्यालय पर्साका तत्कालीन अधिकृत पदम अर्याल र नायब सुब्बा लेखनाथ भट्टराईसहित चार जनाविरुद्व भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

पर्साको अलौ–५ को कित्ता नं. ९२ को सार्वजनिक जग्गा व्यक्तिको नाममा श्रेष्ता तयार गरी बिक्रीस मेत गरेको भन्ने उजुरी निवेदनमाथि अनुसन्धान गर्दा जिल्ला मालपोत कार्यालयका तत्कालीन मालपोत अधिकृत पदमप्रसाद अर्याल र नायव सुब्बा लेखनाथ भट्टराईले गलत लिखत तयार गरी ऐलानी जग्गामा बनेको घर राजीनामा पास गरिदिएको खुलेपछि अख्तियारले मंगलबार विशेष अदातलमा मुद्दा दायर गरेको हो ।

उनीहरुविरुद्व भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुरमा कैद र जरिवाना गर्न माग गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । अर्याल र भट्टराईले सार्वजनिक जग्गाको भोगाधिकार व्यक्तिलाई हस्तान्तरण गरी राज्यलाई क्षति पुर्‍याएको अख्तियारको आरोप छ ।

यस्तै पर्साको वीरगन्ज–२ का ज्याउल हक र एसानुल हक राकीले उक्त सरकारी जग्गामा बनेको घर स्वामित्व खुल्ने कागजात विना राजीनामा लिखत पारित गर्ने कार्यमा प्रतिवादी पदमप्रसाद अर्याल र लेखनाथ भट्टराईलाई सहयोग गरी आफूहरुले ऐलानी-सार्वजनिक जग्गा अनाधिकृतरुपमा भोगचलन गर्ने मनसायले राजीनामा लिखत पारित गराई लिएकोमा उनीहरुलाई समेत कारबाही गर्नुपर्ने अख्तियारको आरोप छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७