गोरे समूहद्वारा १७ अर्ब बढी सुन तस्करी


१९ बैशाख २०७५, बुधबार
Gore चुडामणि उप्रेती गोरे

काठमाडौं १९ वैशाख । गोरे नामले चिनिने ‘चुडामणि उप्रेती’ समूहले मात्रै ३८ क्वीनटल सुन तस्करी गरेको सरकारी छानबिन समितिले निष्कर्ष निकालेको छ । सहसचिव ईश्वर पौडेल नेतृत्वको ठगित सरकारी छानबिन समितिले यस्तो निष्कर्ष निकालेको हो ।

Gore चुडामणि उप्रेती गोरे
सुन तस्करीका नाइके ‘गोरे’ उर्फ चुडामणि उप्रेती

सुन तस्करीमा उर्लाबारीका चुडामणि उप्रेती ‘गोरे’ लाई मुख्य अभियुक्त बनाइएको छ । गोरेको नेतृत्वमा सन् २०१५ देखि यता पटकपटक गरी करिब ३८ क्वीटल अर्थात् ३७ लाख ९९ हजार ५ सय ५९ ग्राम सुनको अवैध कारोबार गरेको दाबी छ । मुद्दामा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ३० रुपैयाँ ९० पैसा बराबरको बिगो दाबी गरिएको छ ।

साढे ३३ किलो सुन तस्करी र सनमा शाक्यको हत्याबारे छानबिन गर्न समिति बनेको थियो । समितिको अध्ययनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय मोरङले सुन तस्करीमा संलग्न भएको अभियोगमा पूर्व डीआईजी, बहालवाला एसएसपीसहित ६३ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७