संघीय संसदको बजेट अधिवेशन बोलाउन सिफारिस


२० बैशाख २०८०, बुधबार
prachanda 1 scaled

काठमाडौँ । सरकारले बजेट अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले बजेट अधिवशेन आह्वानका लागि सिफारिस गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका अनुसार बजेट अधिवेशन वैशाख २४ गते ४ बजे बोलाउनका लागि सिफारिस गर्ने निर्णय भएको हो । बजेट अधिवेशनमा आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट र सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७