मोहनबिक्रम सिंहकी श्रीमती दुर्गा प्यूठानमा साझा वाम उम्मेदवार

प्रकाशित मिति : October 22, 2017

काठमाडाैं : एमाले र माओवादी केन्द्र एक मात्र निर्वाचन क्षेत्र रहेको प्यूठान राष्ट्रिय जनमोर्चालाई छाड्न सहमत भएका छन्। यो सहमतिसँगै सोही जिल्लाबाट नेकपा (मसाल) का महामन्त्री मोहनबिक्रम सिंहकी पत्नी दुर्गा पौडेल साझा बाम उम्मेदवारका रुपमा प्रतिस्पर्धा गर्नेछिन्। सहमतिअनुसार प्यूठानको प्रतिनिधि सभाका जनमोर्चा र प्रदेशका एकरएक क्षेत्रमा एमाले र माओवादी केन्द्रका उम्मेदवार हुनेछन् । यस्तै वाग्लुङका प्रतिनिधि सभा १ र २ मा क्रमशः एमाले र माओवादी केन्द्र तथा सो जिल्लाका चार प्रदेश क्षेत्रमध्ये एमाले र माओवादी केन्द्रलाई एकरएक र बाँकी दुई स्थान मोर्चालाई दिइनेछ ।

सहमतिसँगै देशभर तालमेलको सन्देश प्रवाह गर्न र एकले अर्कोलाई सघाउने तीन दल सहमति भएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओली, केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र मोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले संयुक्तरुपमा जारी गरेको विज्ञप्तिमा जनाइएको छ । गत असोज १७ मा घोषणा भएको वाम गठबन्धनमा नयाँ शक्ति नेपाल भने असन्तुष्ट हुँदै लोकतान्त्रिक गठबन्धनसँग तालमेल गर्ने निष्कर्षमा पुगेको छ । दुर्गा विघटित व्यवस्थापिका–संसदमा पनि राष्ट्रिय जनमोर्चाको तर्फबाट सांसद थिइन्। कांग्रेसले भने प्यूठानबाट राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक डा गोबिन्दराज पोखरेललाई उम्मेदवार बनाउने सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्