२२७ किलो गाँजासहित दुई पक्राउ


२१ बैशाख २०८०, बिहीबार
gaja 1

सुनसरी । सशस्त्र प्रहरीले सुनसरीको धरान उपमहानगरपालिकामा ठूलो परिमाणको गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । आज (बिहीबार) बिहान सशस्त्र प्रहरी बल बेस क्याम्प धरानको टोलीले २२७ किलो गाँजासहित धनकुटाका चन्द्र थापा र तेह्रथुमका चुडामणि कटवाललाई पक्राउ गरेको हो ।

धनकुटाबाट धरानतर्फ आउँदै गरेको प्रदेश १–०२००१ ख ९४८९ नम्बरको ट्रकमा ल्याउँदै गरेको २ सय २७ केजी गाँजा र नगद ६० हजार बरामद गरिएको सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक लकेशकुमार तुम्बाहाम्फेले जानकारी दिए । धरानको शिवधारामा सवारी जाँचका क्रममा गाँजासहित उनीहरुलाई नियन्त्रणमा लिइएको उनले बताए । बरामद गाँजा, ट्रक र तस्करीमा संलग्न दुवै जनालाई आवश्यक कार्बाहीका लागि इलाका प्रहरी कार्यालय धरानमा बुझाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७