न्याय प्रणाली छिटो–छरितो बनाउँछु, भ्रष्टाचारमा कसैलाई छुट हुन्न : कानुनमन्त्री


०८:०४ बजे

काठमाडौं । नव नियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आर्थिक पारदर्शितालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

आज (बिहीबार) मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले कुनै पनि योजना अघि बढाउँदा सम्पूर्ण जानकारी लिएर मात्र काम गर्ने बताए । उनले आफ्नो पहिलो प्राथमिकता न्याय प्रणालीलाई छिटो र छरितो बनाउन हुने बताएका छन् ।

‘कुनै पनि कुरामा आर्थिक पारदर्शितालाई प्राथमिकतामा राखिने छ । कुनै पनि योजना अघि बढाउँदा कति लगानी, लागत, किस्ताबन्दीमा कति के भन्ने कुरा निकालिनेछ । सुशासन, न्याय ढिला हुने कुरामा प्राथमिकता हुनेछ, त्यसको अन्त्यका लागि प्रयास हुनेछ, म यसमा चुस्त र दुरुस्त बनाएर अघि बढुनेछु’, गुरुङले भने ।

उनले कुनै पनि क्षेत्रमा भएको भ्रष्टाचारमा कसैलाई पनि छुट नहुने पनि बताए । ‘कानुन बमोजिम सबै चल्नुपर्छ । कानुनभन्दा माथि कोही पनि हुँदैन । त्यही ढंगबाट अघि बढ्न सबैको सहयोग हुने विश्वास छ, त्यही अनुसार म काम गर्नेछु । कुनै पनि क्षेत्रको भ्रष्टाचारको सन्दर्भमा कसैलाई छुट हुँदैन । अदालतलाई निष्पक्ष, स्वतन्त्र, छिटो, छरितो चुस्त दुरुस्त बनाउनेछु’, उनले भने । कानुनमन्त्री गुरुङले आजै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७