१४ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ


२२ बैशाख २०८०, शुक्रबार
Rape
सांकेतिक तस्वीर

दाङ । दाङमा आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् । १४ वर्षीया बालिकाले आफूमाथि बलात्कार भएको भन्दै गत वैशाख २ गते प्रहरीमा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा ३७ वर्षीय बाबुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

पीडितकी आमा विदेशमा छन् । घरमा कोही नभएको बेला बाबुले आफूलाई पटक–पटक बलात्कार गरेको छोरीले प्रहरीलाई दिएको जाहेरीमा उल्लेख गरेकी छिन् । पछिल्लो पटक गत चैत्र ३० गते बाबुले बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।

आफ्नो दाजु कामको शिलसिलामा घर बाहिर रहेको र सो दिन हजुरबुबा हजुरआमा पशुचौपाय चराउन गएको बेला बाबुले बलात्कार गरेको उनले बताएकी छिन् । यो घटनापछि पीडित आफन्तकोमा बसेकी छिन् । पक्राउ परेका बाबुमाथि हाडनाता करणीको मुद्दामा अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७