स्वयम्भूमा भक्तजन {तस्वीरहरु}

२५६७ औँ बुद्ध जयन्तीका अवसरमा आज काठमाडौँको स्वयम्भूमा पूजा आराधना गर्दै भक्तजन । रुपन्देहीको लुम्बिनी, काठमाडौंको स्वयम्भू, बौद्धलगायत तीर्थस्थलमा बौद्ध अनुयायीको बिहानैदेखि घुइँचो लागेको हो । यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरिएका छन् ।

स्वयम्भू परिसरमा रहेको आनन्द कुटी विहारमा बुद्धको अस्तु धातु दर्शनका लागि राखिएको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । तस्बिरः हरिराम भेटुवाल / रासस

