ड्युटीमा रहेका सशस्त्रका सईमाथि खुकुरी प्रहार


२३ बैशाख २०८०, शनिबार
khukuri MN85r28Atr
सांकेतिक तस्विर

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा ड्युटीमा खटिएका सशस्त्र प्रहरीमाथि शुक्रबार राति खुकुरी प्रहार गरिएको छ । दोधारा चाँदनी नगरपालिका–७ कञ्चनभोजस्थित बोर्डर आउट पोस्ट (बीओपी) का प्रमुख सई नरेन्द्र चैंसिरमाथि खुकुरी प्रहार भएको हो ।

ड्युटीका क्रममा पोस्ट नजिकै राति साढे १० बजे ४-५ जनाको अज्ञात समूहले सई चैंसिरलाई खुकुरीले हानेको हो । ‘राति केटाहरु घुमिरहेका थिए, ड्युटीका क्रममा उनीहरुलाई यो राति कता घुमेको भनेर सोध्दा खुकुरी प्रहार गरेर भागे’, सुरक्षा स्रोतले भन्यो, ‘रातभर उनीहरुको खोजी गर्‍यौँ, तर फेला परेका छैनन् ।’ खुकुरी प्रहारबाट सई चैंसिरको बायाँ पाखुरामा चोट लागेको छ । आक्रमणकारीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७