साउदी यात्राका लागि मेस्सीले मागे माफी


२३ बैशाख २०८०, शनिबार
Messi1683125774

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले पेरिस सेन्ट जर्मन (पीएसजी) को अनुमति बिना साउदी अरेबिया गएकोप्रति माफी मागेका छन् ।

गत आइतबार लिगमा लोरियन्टसँग घरेलु मैदानमै पराजित भएपछि मेस्सी साउदी अरबको भ्रमणमा निस्किएका थिए । उक्त खेलमा मेसीले ९० मिनेट मैदानमा बिताएका थिए । अनुमति बिना साउदी गएपछि पीएसजीले मेस्सीलाई दुई साताका लागि निलम्बन गरेको थियो । मेस्सीले निलम्बनको समयमा पीएसजीमा प्रशिक्षण गरेका छैनन् ।

‘मैले हामी सधैँ जस्तै खेलपछि एक दिन बिदामा जाँदैछौँ भन्ने सोचें । मैले यो यात्रा व्यवस्थित गरेको थिएँ र मैले यसलाई रद्द गर्न सकिनँ । किनकी मैले पहिले नै रद्द गरिसकेको थिएँ । म मेरो टोलीका साथीहरूसँग माफी चाहन्छु र म क्लबले ममाथि के गर्न चाहन्छ भनेर पर्खिरहेको छु’, मेस्सीले इन्स्टाग्राम स्टोरीमा एक भिडियोमार्फत भनेका छन् ।

साउदी अरबको पर्यटन दूत भएको भन्दै क्लबले यसअघि पनि मेस्सीलाई जरिवाना गरेको थियो । विश्वकप विजेता फरवार्ड मेस्सीको पीएसजीसँगको दुई वर्षे सम्झौता यस सिजनको अन्त्यसँगै समाप्त हुँदैछ । २०२१ मा पहिलोपटक पीएसजी आउँदा मेस्सीले तेस्रो सिजनका लागि विकल्पमा राखेका थिए । क्लबका अधिकारीहरू मेस्सीसँगको सम्झैता नवीकरण नगर्ने निर्णयमा पुगेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७