नक्कली शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई कारबाही हुनुपर्छ : महरा


२३ बैशाख २०८०, शनिबार
Krishna Bahadur Mahara
फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले ‘नक्कली शरणार्थी प्रकरण’ मा संलग्न जोकोहीलाई पनि कारबाही हुने बताएका छन् ।

सरकारभित्र वा बाहिर जहाँ भए पनि सो प्रकरणका दोषीमाथि कारबाही हुने उनको दाबी छ । आज (शनिबार) संवाद डबलीले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले भने, ‘जो दोषी छन्, तिनी कारबाहीको दायराभित्र पर्दछन् । जो दोषी छैन, त्यो त कारबाहीको दायराभित्र पर्ने कुरा भएन । सरकार भित्र हुन वा बाहिर, दोषीलाई कारबाही हुन्छ । त्यसमा कुनै भेदभाव हुँदैन ।’

उपाध्यक्ष महराले राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिँदैमा वर्तमान सरकार नढल्ने दाबी गरे । रास्वपाले समर्थन फिर्ता लिएपनि बहुमत रहेकाले सरकार कायमै रहने उनको तर्क थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७