नेपाली नागकिता लिएको आरोपमा १० भारतीय नागरिक पक्राउ


२४ बैशाख २०८०, आईतवार
indian

काठमाडौं । नेपाली नागरिकताको प्रमाणपत्र लिएको आरोपमा प्रहरीले १० भारतीय नागरिकलाई पक्राउ गरेको छ । झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले उनीहरुलाई काठमाडौं उपत्यकाकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत बिहार घर भई काठमाडौंको शंखमुल बस्ने ५५ वर्षीय भरतप्रसाद गुप्ता, ३० वर्षीय राहुल गुप्ता, ५० वर्षीया ज्ञानमति देवी गुप्ता र ३९ वर्षीय गोपाल गुप्ता छन् । यस्तै, बिहार घर भई ललितपुरको लगनखेल बस्ने ४४ वर्षीय रामसुन्दर गुप्ता, गोंगबु बस्ने ४३ वर्षीय रामप्रवेश गुप्ता, कलंकी बस्ने ४६ वर्षीय भरत गुप्ता, ४२ वर्षीया स्नेहलता गुप्ता, ४९ वर्षीया मिनदेवी गुप्ता र ५२ वर्षीया राजेशकुमार गुप्ता छन् ।

उनीहरूले विभिन्न समयमा नक्कली कागजात र ठेगाना विवरण पेश गरी तराईका विभिन्न जिल्लाबाट नेपाली नागरिकता लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख मनोज केसीले बताए । अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकाहरूले विभिन्नमा नागरिकता बनाउने टोली स्थलगत रुपमा खटिएको समयमा नक्कली विवरण पेश गरी नागरिकता लिएको बुझिएको छ । उनीहरुको साथबाट नेपाली नागरिकता, मतदाता परिचय पत्र, भारतीय पासपोर्ट, भारतीय आधार कार्ड लगायत समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूले जिल्ला प्रशासन कार्यालय रूपन्देही, बारा, पर्सालगायतबाट जारी गरेको नागरिकता लिएका थिए । उपत्यकाको शंखमुद, कलंकी, लगनखेल, गोगवु लगायका स्थानमा बसोबास गर्दै आएका थिए । उनीहरूको सन् २०२१ देखि हालसम्म भारतीय मतदाता परिचय पत्रमा नाम रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७