संखुवासभाको चैनपुरमा एकै घरका चार बालबालिका अचेत अवस्थामा फेला परे


२४ बैशाख २०८०, आईतवार
balbalika
सांकेतिक तस्वीर

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–९ खाम्लिङमा चार बालबालिका अचेत अवस्थामा फेला परेका छन् । आज बिहान चैनपुर–९ खाम्लिङका मनबहादुर तामाङका चार जना छोराछोरी अचेत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए ।

मनबहादुरका छोरा नौ वर्षीय मनधोज, आठ वर्षीय राजेन्द्र, पाँच वर्षीय निमसाङ र छोरी तीन वर्षीया सुपरिना घर नजिकै अचेत अवस्थामा फेला परेको प्रहरी निरीक्षक बस्नेतले बताए ।

बिहान घरमै छाडेर मेलापात गएका मनबहादुर घर फर्किंदा छोराछोरी अचेत अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेका थिए । उनीहरूको प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा उपचार हुन नसकेपछि थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।

अचेत अवस्थामा फेला परेको एक छोरा र एक छोरीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको । उनीहरूले जङ्गली खाने कुरा खाएर बिरामी परेको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७