मनोनयन दर्ता गर्न हेलिकप्टर चार्टर गरेर काठमाडौंबाट उडे भोजपुरका कांग्रेस नेता


५ कार्तिक २०७४, आईतवार
Heli Nepal

काठमाडौं, ५ कात्तिक :  नेपाली कांग्रेस भोजपुरका नेताहरु हेलिकप्टर चार्टर गरेर मनोनयन दर्ता गर्न काठमाडौंबाट भोजपुर उडेका छन् । प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गर्न उनीहरु भोजपुर उडेका हुन् ।

Heli Nepal

भोजपुर विमानस्थलमा नेपाल एयरलाइन्सको उडान उद्द भएपछि उनीहरु हेलिकप्टर चार्टर गर्न बाध्य भएका हुन् । एनएसीको ट्वीनअटर जाहाजले मात्रै उडान भर्ने गरेको छ । शनिवार क्यान्सिल भएको फ्लाइट आइतबार (आज) लाई राखिएको थियो । आज पनि भोजपुरको मौसम खराब भएको भन्दै उडान रद्ध भयो । जसका कारण मनोनयन दर्ता आजै भएकाले पुग्नै पर्ने बाध्यता रहेका कांग्रेस नेताहरु हेलिकप्टर चार्टर गर्न बाध्य भएको भोजपुरका सञ्चारकर्मी एंव प्रेस यूनियन भोजपुरका अध्यक्ष तिर्थराज बस्नेतले बताए ।

सडक यातायात पनि सहज नभएकाले उनीहरु हेलिकप्टर चार्टर गर्न बाध्य भएका हुन् । कांग्रेसले ढिलो गरी उम्मेदवारको टुंगो लगाएको साथै सडक यातायात र हवाई यातायात समेत भरपर्दो नहुँदा मनोनयन दर्ता गर्न जाँदा हेलिकप्टर चार्टर गर्नुपरेको नेताहरुले बताए ।

उम्मेदवार द्वय रायामाझी, कार्की, सभापति नन्दमणी राई, नेता धर्मराज राई, तरुण दलका केन्द्रीय उपाध्यक्ष तथा महासमिति सदस्य उत्तमकुमार चापागाईँ, महासमिति सदस्य विनोद वान्तवा, महासमिति सदस्य तथा पूर्व सचिव हेमन्त मुकारुङ लगायतका नेताहरु हेलिकप्टरमा भोजपुर लागेका हुन् ।

कांग्रेसको संसदीय बोर्डले प्रतिनिधी सभामा १ निर्वाचन क्षेत्र रहेको भोजपुरमा उमेशजंग रायामाझीलाई उम्मेदवार बनाउने निर्णय गरेकाे छ । प्रदेशसभा (क) मा संघीय समाजवादी फोरमका नेता अजम्बर काङमाङलाई समर्थन गर्ने निर्णय गरेको कांग्रेसले प्रदेशसभा (ख) मा गोविन्द कार्कीलाई टिकट दिएकाे छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७