बजेटको ‘सिलिङ’ नघटाऊ : सांसद पौडेल


२५ बैशाख २०८०, सोमबार
Debendra Poudel scaled

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले आउँदो आर्थिक वर्षको बजेटको सिलिङ नघटाउन सरकारलाई आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको आज (सोमबार) को बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलमा सांसद पौडेलले बजेटको सिलिङ नघटाउन आग्रह गरेका हुन् । उनले करको दायरामा वृद्धि गरेर र सहुलियतमा ऋण लिएर भए पनि बजेटको सिलिङ घटाउन नहुने बताए । उनले वैदेशिक अनुदान लिने, बेरुजुलाई नियमन गर्ने र भ्रष्टाचारलाई नियन्त्रण गरेर अर्थ प्रणालीलाई सुधार्नु पर्नेमा जोड दिएका छन् ।

उनले भने, ‘बजेटको सिलिङ निकै घटाउनेतिर नसोच्नका निम्ति म सुझाव दिन चाहन्छु । बरु करको दायरा वृद्धि गरौँ । ‘सफ्ट लोन’ मा वैदेशिक अनुदान लिऔँ । संसारमा प्रगति गर्ने देशहरूले अरू देशबाट ‘सफ्ट लोन’ मा अनुदान लिएका हामी पाउँछौँ । गएको वर्षभन्दा एक खर्ब रुपैयाँ कममा बजेट आउँदैछ भन्ने सुनेको छ । अर्थमन्त्री ज्यूलाई मेरो अनुरोध के छ भने तपाईले आँट गर्नुस् । संसारभरिका सम्भावना भएका खोजौँ ।’

सांसद पौडेलले शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रमा दुई-दुई वटा भए पनि राम्रो काम अगाडि बढाउनु पर्ने बताए । उनले ठूला–ठूला टावर र भौतिक पूर्वाधार निर्माण गर्नुभन्दा नागरिकले प्रत्यक्ष अनुभूत गर्ने खालका काम हुनुपर्ने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७