कर्मचारीले ३ प्रतिशत ‘साइनिङ मनी’ लिन्छन् : सांसद दाहाल


२६ बैशाख २०८०, मंगलवार
Devendra dahal 1230 1024x586 1

काठमाडौं । राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले नेता, ठेकेदार र कर्मचारीको मिलेमतोमा भ्रष्टाचार हुने गरेको जिकिर गरेका छन् । आज (मंगलबार) को राष्ट्रियसभा बैठकमा उनले यस्तो बताएका हुन् ।

भ्रष्टाचार न्यूनीकरण गर्न उनले सरकारका प्रतिबद्धता पनि माग गरे । कर्मचारीले ‘साइनिङ मनी’का रूपमा ३ प्रतिशतसम्म लिने गरेको भन्दै उनले त्यस्ता काम रोक्नका लागि सरकारले कस्ता कदम चालिरहेको छ ? भनी प्रश्न गरे ।

‘ठाडै ढंगले सचिवबाट हामीले रिपोर्टिङको क्रममा सुन्यौँ, कर्मचारीले साइनिङ मनी लिने । सुरुमा साइन गर्दा, यही सदनमा मैले उठाएको थिएँ । साइनिङ मनी लिने, दुई÷तीन प्रतिशत कति हुन्छ, त्यो गोजीमा हाल्ने । ठेकेदारले मोबिलाइजेसनको रकम लिने, त्यो रकम अर्को काममा लगाउने’, उनले भने, ‘यो भइसकेपछि आयोजना त लथालिंग हुन्छन्, त्यो आयोजना त अघि बढ्दैन । यस्तै क्रमले यो क्रम अघि बढिरहेको छ । तलबाट भ्रष्टाचारको पुलिन्दा थपिँदै गइरहेका छन् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७