रियल र सिटीको खेल बराबरी


२७ बैशाख २०८०, बुधबार
Real Madrid vs Manchester City

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनल पहिलो लेगको खेलमा स्पानिस क्लब रियल मड्रिड र इङलिस क्लब म्यानचेष्टर सिटीले १–१ को बराबरी खेलेका छन् ।

अवे मैदानमा प्राप्त बराबरीले सिटीलाई घरेलु मैदानमा हुने दोस्रो लेगमा फाइदा पुग्नेछ । साथै सिटीले ट्रेबल उपाधि जित्ने सम्भावना कायम राखेको छ । प्रिमियर लिगमा आर्सनललाई पछि पार्दै शीर्ष स्थानमा रहेको सिटी एफए कपको फाइनल पुगिसकेको छ ।

रियलको मैदानमा सिटीले एक गोलले पछि परेको अवस्थामा केभिन डे ब्रुएनाको शानदार गोलमा खेल बराबरी गरेको थियो । घरेलु मैदान सान्टियागोल बर्नामेउमा भिनिसियस जुनियरले पहिलो हाफको ३६औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । तर रियलले उक्त अग्रता कायम रख्न सकेन । ७६औं मिनेटमा डे ब्रुएनाले सिटीका लागि बराबरी गोल गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७