हावाहुरीका कारण ७७ जनाको मृत्यु, १४३ घाइते


२० बैशाख २०७५, बिहीबार
hawahuri

काठमाडौं, २० बैसाख । उत्तरी भारतीय राज्यमा गए राति धूलोसहितको हावाहुरीमा परी कम्तीमा पनि ७७ जनाको ज्यान गएको छ । त्यसैगरी सो हावाहुरीबाट ठूलो संख्यामा रुख ढलेका छन् भने घर तथा कार्यालयका पर्खालहरु पनि भत्किएका छन् ।hawahuri

उत्तर प्रदेश र राजस्थान राज्यमा यस्तो आँधी आएको हो । त्यसमा परी १४३ जना घाइते भएका छन् । घाइतेहरु तथा मृत्यु हुनेको संख्या अझै धेरै रहेको अनुमान गरिएको छ । यस हावाहुरीबाट भएको क्षतिको सम्पूर्ण विवरण भने आइसकेको छैन । प्राप्त समाचारमा उत्तर प्रदेशमा ४६ र राजस्थानमा ३१ जनाको ज्यान गएको बताइएको छ । अधिकारीहरुले केही व्यक्ति हराइरहेका पनि बताएका छन् ।

उत्तर प्रदेशको आग्रा जिल्लाबाट ताजमहल जाने बाटो बढी प्रभावित भएको छ । त्यहाँ बढीजसो नागरिक रुख ढलेर र रुखका हाँगा भाँचिएर बढी घाइते भएका छन् । ती दुवै राज्यका कम्तीमा पनि ७५ जिल्लामा यस हावाहुरीले ठूलो क्षति पुर्‍याएको राजस्थानका प्रहरी प्रमुखले जानकारी दिएका छन् । रासस–एएफपी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७