सिंचाइ कार्यालय बुटवलका प्रमुखविरुद्ध ५३ लाखको भ्रष्टाचार मुद्दा


२७ बैशाख २०८०, बुधबार
akhtiyar

काठमाडौं । बुटबलमा भूमिगत जलस्रोत र सिंचाइ निर्माणसम्बन्धी ठेक्कामा कामै नगरी रकम भुक्तानी दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन कर्मचारीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले भूमिगत जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, बुटबलका तत्कालीन कार्यालय प्रमुख इच्छाकुमार श्रेष्ठ, इञ्जिनियर सन्तोषकुमार दास र लेखापाल नेत्रप्रसाद मरासिनी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले भोलेबाबा कन्स्ट्रक्सन, त्यसका ठेकेदार सुक बहादुर गुरुङ र कम्पनीका अख्तियारवाला प्रकाश भट्टराइ विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

पम्पहाउस, स्टोरेज ट्यांकी र वितरण प्रणाली निर्माणको ठेक्कामा हुँदै नभएको काम भएको भनी रकम भुक्तानी दिएको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो । अख्तियारले कार्यालय प्रमुख श्रेष्ठ, इञ्जिनियर दास र लेखा प्रमुख नेत्रप्रसाद मरासिनी, माथि ५३ लाख ७५ हजार बिगो मागदावी गरी भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

निर्माण कम्पनी, त्यसका सञ्चालक र प्रतिनिधिलाई भने अख्तियारले ६३ लाख ७ हजार रुपैयाँ बिगो मागदाबी गरी मुद्दा चलाएको छ । उनीहरुमाथि नगरेको कामलाई बढी काम गरेको देखाउन झुट्टा बिल बनाउन लगाएको आरोप छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७