राष्ट्रपति पुटिनद्वारा जर्जियामा भिसा र उडान प्रतिबन्ध हटाउने आदेशमा हस्ताक्षर


२०८० बैशाख २८ बिहीबार ०७:५२ बजे

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार भिसा प्रतिबन्ध र जर्जियामा उडान प्रतिबन्ध हटाउन दुईवटा आदेशमा हस्ताक्षर गरेका गरेका छन् ।

सो आदेशअनुसार जर्जियाली नागरिकहरूलाई सन् २०२३ मे १५ देखि ९० दिनको अवधिका लागि भिसाविना नै रुसमा प्रवेश गर्न अनुमति दिइनेछ । यो रोजगारीका लागि रूस जान चाहने जर्जियाली नागरिकहरूमा भने लागू हुने छैन ।

त्यसै गरी अर्को आदेशमा राष्ट्रपतिले रुसबाट जर्जियाको सीधा उडानहरूमा पूर्व प्रतिबन्ध हटाउने विषय संलग्न छ जुन सन् २०१९ जुलाई ८ मा लागू भएको थियो । राष्ट्रपति पुटिनले दुई देश बीच बढेको तनावका कारण रुससबाट जर्जियाको यात्रु उडानहरू अनिश्चितकालका लागि निलम्बन गर्ने आदेश दिइएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७