सहायक वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर


२८ बैशाख २०८०, बिहीबार
akhtiyar

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतका सहायक जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेका छन् ।

मध्यपश्चिम क्षेत्रीय वन निर्देशनालय सुर्खेतमा कार्यरत मिश्रले २०३६ फागुन १० देखि २०७० मंसिर १६ गतेसम्म १ करोड ६९ लाख २० हजार ५३८ रुपैयाँ आर्जन गरेको र त्यसमध्ये ७२ लाख ५२ हजार ४८० रुपैयाँको स्रोत नखुलेको अख्तियारको दाबी छ ।
मिश्रको वैध आम्दानी ९६ लाख ६८ हजार ५७ रुपैयाँ मात्र हुनेमा उनको खर्च तथा लगानी १ करोड ६९ लाख २० हजार ५३८ रुपैयाँ देखिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन् ।

मिश्रले सरकारी सेवामा रहेको बेला श्रीमती हिरादेवीको नाममा जग्गा किनेको र घर बनाएको देखिएको अख्तियारले जनाएको छ । अख्तियारले हिरादेवीको नाममा रहेको घर जग्गा पनि जफत गर्न माग गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७