परराष्ट्रमन्त्री साउद आज बंगलादेश जाँदै, राष्ट्रपति हसिनासँग भेटवार्ता हुने


२९ बैशाख २०८०, शुक्रबार
np saud 2

काठमाडौँ । ‘छैटौं इण्डियन ओसन कन्फ्रेन्स–२०२३’ मा सहभागी हुन परराष्ट्रमन्त्री एनपी साउद आज (शुक्रबार) बंगलादेश जाँदैछन् । बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी भएर बुधबार मात्र स्वदेश फर्केका परराष्ट्र मन्त्री साउद आज बंगलादेशको राजधानी ढाका जान लागेका हुन् ।

‘हिन्द महासागर क्षेत्रको मजबुत भविष्यका लागि शान्ति, समृद्धि र सहकार्य गर्ने’ मूल कार्यपत्रमा छलफल गर्न आयोजना गरिएको सम्मेलनमा सहभागी हुन मन्त्री साउद आज बिहान ११ बजे ढाका प्रस्थान गर्ने उनका स्वकीय सचिव दीपककुमार जोशीले जानकारी दिएका छन् ।

भारतीय विदेश मन्त्रालय, इण्डिया फाउन्डेसन र बंगलादेशको विदेश मन्त्रालयको संयुक्त आयोजनामा हुने सम्मेलन दुई दिनसम्म चल्ने छ । उक्त अवसरमा परराष्ट्रमन्त्री साउदले भारतीय विदेशमन्त्री एस. जयशंकर र बंगलादेशी राष्ट्रपति शेख हसिनासँग भेटवार्ता गर्ने कार्यक्रम पनि जोशीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७