७४ वर्षे वृद्ध वली जसले एक्लै २ वर्षसम्म निरन्तर बाटो खनिरहे (भिडियो)


२० बैशाख २०७५, बिहीबार
७४ वर्षे वृद्धको संघर्ष जसले घामपानी नभनी एक्लै २ वर्षसम्म निरन्तर बाटो खनिरहे भिडियो 8055

काठमाडौं, २० बैसाख: चन्द्रवीर वलीको घर जङ्गलको बीचमा छ । ७२ वर्षको उमेरमा चन्द्रवीरले एउटा अनौठो सपना देखे । जसको ११ जनाको परिवारमा ९ जनाले आँखा देख्दैनन् । गाउँ शहर र उकाली ओराली गर्न भीरका बुट्यानहरु समाउँदै हिंड्नु पर्ने बाध्यतालाई पार लगाउन सँधै दुःख दिने भीरहरू भत्काउँदै आँगनसम्म पुग्ने एउटा बाटो खन्न शुरु गरे ।७४ वर्षे वृद्धको संघर्ष जसले घामपानी नभनी एक्लै २ वर्षसम्म निरन्तर बाटो खनिरहे भिडियो 8055
बिहान जुरुक्कै उठ्यो, भात भान्सा तयार गर्‍यो, परिवारलाई खुवायो, सरसफाइ गर्‍यो अनि बाटो खन्न हिंड्यो । पुस माघको मुटु कपाउने जाडो काट्यो उनले बाटो खनिरहे । बैशाख जेठको मध्य घाममा पसिना पुछि रहे र बाटो खनिरहे । असार साउनको झरीमा रुझी रहे र बाटो खनिरहे । आँखा नदेख्ने परिवारलाई हिंडडुल गर्न सजिलो होस् भनेर जङ्गल र भीर छिचोल्दै २ वर्ष लगाएर चन्द्रबीर एक्लै बाटो खनिरहे ।

हेर्नुस् उनको कथा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७