एमाले स्थायी कमिटी बैठक बस्दै


३० बैशाख २०८०, शनिबार
amale 3

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले स्थायी कमिटी बैठक आज (शनिबार) बिहान बस्दैछ । शुक्रबार स्थगित भएको बैठक आज बिहान ८ बजे बस्न लागेको हो ।

पार्टी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत विषयमा छलफल गरी कार्ययोजना बनाउन बैठक बस्न लागेको हो । पार्टी कार्यालय च्यासलमा बस्ने बैठकमा वार्षिक कार्ययोजना बनाउनेबारे पनि छलफल हुने तय भएको छ । एमालेले आगामी निर्वाचनलाई लक्षित गरी अहिलेदेखि नै कार्ययोजना बनाएर अभियान चलाउने तयारी गरेको छ ।

गत बिहीबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा गैर–भौगोलिकसहित ८ प्रदेशका प्रतिनिधिले पेस गरेको प्रतिवेदनमा सामुहिक छलफल भएको छ । आज बस्ने बैठकले समूहगत छलफल पछिको निष्कर्षका बारेमा महासचिव शङ्कर पोखरेल र अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७