विद्यार्थीले ताला लगाउँदैमा निजी विद्यालयको शुल्क फिर्ता हुँदैन : प्याब्सन अध्यक्ष सम्बाहाम्फे


२० बैशाख २०७५, बिहीबार
Bijaya sambahamfe

काठमाडौं, २० बैसाख । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सनका अध्यक्ष विजय साम्बाहाम्फेले निजी विद्यालयले बढाएको शुल्क बृद्धि फिर्ता नहुने बताएका छन् ।Bijaya sambahamfe

रिपोर्टर्स क्लबले बिहीबार आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सरकारी नियम र शिक्षासम्बन्धी सम्पूर्ण निर्देशिकाको पूर्णपालना गरिएकाले निजी विद्यालयको शुल्क वृद्धि फिर्ता नहुने दावी गरे । ‘हामीले नियम र नीति मानेका छौं, हाम्रा स्कुलले सरकारी नीति तथा निर्देशिकाको पूर्णपालना गरेका छन्, विद्यार्थीहरुले आन्दोलन र ताला लगाएर समस्या समाधान हुन्छ भनेर नचिताए पनि हुन्छ, हामीले नियम मानेका छांै, निर्देशिका कार्यान्वयन गरेका छौं’ उनले भने ।
एन–प्याब्सनका महासचिव सुवास न्यौपानेले निजी विद्यालयमा देखिएका समस्या ताला लगाएर समाधान नहुने बताए । ‘मुलुक धेरै परिवर्तन र विकासको बाटोमा हिंडिसक्यो, हाम्रा विद्यार्थी संगठनहरुले ताला लगाउने आन्दोलन फेर्न सक्नु भएन, हाम्रो मुुलुकमा ८ हजार निजी विद्यालय दर्ता छन्, जसमध्ये निकै महँगा भनिएका विद्यालयको संख्या १० जति होला, विद्यार्थी संगठनहरुले कुरै नबुझी आन्दोलन गर्छाैं मात्रै भनेर हुन्छ ?’

नेविसंघका सभापति नैनसिंह महरले निजी विद्यालयलाई अराजक बनाउने काम सरकारले नै गरेको आरोप लगाएका छन् । ‘वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार जलगैंडा जस्तो छ, बोल्ने मात्रै हो, काम भनेको केही पनि नगर्ने, यो गर्छ, उ गर्छ भन्छ मात्रै केही गर्दैन, निजी विद्यालयले बढाएको शुल्क र शिक्षाका बारेमा ज्ञापनपत्र बुझाउनको लागि हामीले डेढ महिनादेखि समय मागिरहेका छौं तर उहाँले भेटको लागि समय दिनु भएको छैन ।’

अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले निजी विद्यालयले बढाएको शुल्कबृद्धि फिर्ता नलिए निर्देशिका अनुसार सरकारले कार्बाही गर्नुपर्ने बताए । अनेरास्ववियूका कोषाध्यक्ष झपिन्द्र खत्रीले निजी विद्यालयले मनपरी रुपमा बढाएको शुल्कवृद्धि यथाशक्य फिर्ता लिनुपर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७