तिर्सना बुढाथोकीको क्यारेक्टर गरेकोमा पछुतो छैन : नायिका ऋचा


२० बैशाख २०७५, बिहीबार
Richa

काठमाडौं, २० बैसाख । चलचित्र ‘कोहलपुर एक्सप्रेस’ मा विवादित मोडल तिर्सना बुढाथोकीको भूमिकामा देखीएकी ऋचा शर्माले दर्शकको नकारात्मक प्रतिक्रिया आए पनि उक्त भूमिकाप्रति आफूलाई कुनै पछुतो नभएको बताएकी छन् । Richa

ट्रेलर रिलिजताका चर्चित ऋचाले उक्त चलचित्रमा निभाएको भूमिकाले फिल्मको प्रदर्शन पश्चात भने आलोचना खेप्नु परेको छ । यसअघिका चलचित्रहरुमा बोल्ड भूमिकामा देखिंदै आएकी ऋचाले चलचित्र ‘कोहलपुर एक्सप्रेस’ मा विवादित मोडल तिर्सना बुढाथोकीको हाउभाउमा अभिनय गरेकी छन् । उनको अभिनयले मनोरञ्जन त दिन्छ नै तर बेला बेला उनको अभिनय ज्यादा देखिन्छ ।kohalpur

यस्तो भूमिका आफूलाई नसुहाउने महसुस गरेकी ऋचाले आगामी दिनमा यस्तो भूमिकामा काम नगर्ने बताउँदै तिर्सनाको क्यारेक्टर अरुको चलचित्र भएको भए नगर्ने तर, केकी अधिकारीका लागि कोहलपुर एक्सप्रेसमा गरेको स्पष्टिकरण दिएकी छिन् । यद्यपी केकीको लागि चलचित्र र सफलताबाट खुशी ऋचा भन्छिन्, ‘समीक्षकको नकारात्मक प्रतिक्रियाप्रति कुनै गुनासो छैन र मलाई यो रोल गरेकोमा पछुतो छैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७