तेक्वान्दो टोली प्रशिक्षणका लागि कोरिया प्रस्थान


२० बैशाख २०७५, बिहीबार
tekuwndo

काठमाडौ,२० बैशाख: वैदेशिक प्रशिक्षणका लागि तेक्वान्दो खेलाडी बिहीबार दक्षिण कोरियाको सिओल प्रस्थान गरेका छन् । tekuwndo
५–५ पुरुष÷महिला खेलाडीसहित ११ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले बिहीबारै सातादोबाटोमा एक कार्यक्रमबीच बिदाइ गरे ।

पुरुष खेलाडीमा सागर गुभाजु, वीरबहादुर महरा, ज्ञानेन्द्र हमाल, भुपेन श्रेष्ठ र अनोज पुजारी रहेका छन् ।  महिलामा अस्मिता खड्का, निमा गुरुङ, ज्ञानी पुजारा, संगीता बस्याल र निशा रावल छन् ।
प्रशिक्षकमा संगीना वैद्य छिन् ।
भुपेन, संगीता र निशा भने अर्को सातामा सिओल जाने नेपाल तेक्वान्दो संघले जनाएको छ । उनीहरुले छुङ वो मार्सल आर्ट्स इन्स्टिच्यूटमा करिब ३ महिना प्रशिक्षण गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७