बढ्यो सुनको भाउ, तोलाको एक लाख ११ हजार पुग्यो


१ जेष्ठ २०८०, सोमबार
Gold 2

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको १ लाख ११ हजार रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यो भाउ हिजोको भन्दा तोलामा दुई सय रुपैयाँले धेरै हो । चाँदीको भाउ भने आज स्थिर छ । चाँदी हिजो जस्तै तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७