शरणार्थी प्रकरणमा मेरो चरित्रमाथि बलात्कार भयो : आरजु राणा


१ जेष्ठ २०८०, सोमबार
aRJU SAMSAD scaled

काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले आफ्नो चरित्रमाथि बलात्कार भएको भन्दै आक्रोश पोखेकी छिन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आफूलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछेर आफ्नो चरित्रमाथि प्रहार भएको बताएकी हुन् ।

उनले सम्बोधनको क्रममा बोल्दै आफू भौतिक रुपमै संसदमा उपस्थित भएको भन्दै गलत समाचारको पछि नलाग्न पनि आग्रह गरेकी छिन् । उनले सरकारले नेपालमा फेक न्यूजको सुपर भिजन हुनुपर्नेमा जोड दिएकी छिन् । उनले फेक न्यूज र फेक मिडियाको जगजगी रहेको बताइन् ।

उनले फेक मिडियाले आत्महत्या गर्न उद्दत गरेको बताइन् । उनले फेक अडियोको अनुसन्धानका लागि ६ दिनअघि प्रहरीमा निवेदन दिएको र यसलाई दर्ता गर्न मात्रै तीन घण्टा लागेको बताइन् । उनले गृह मन्त्रालयबाट ढिलाइ भएकोबारे जवाफ खोजेकी छिन् ।

उनले नक्कली भुटानी शरणार्थी काण्डले लज्जित बनाएको बताइन् । उनले भनिन्, ‘एज अ वुमेन यो एउटा क्यारेक्टर असासिनेसन हैन दिस इज अ रेप अफ माइ क्यारेक्टर । म यो चाहिँ एकदम कडाइका साथ भन्छु विमेनलाई पोलिटिक्समा आउँदाखेरी सबै कुरा हामीले बेहोर्न सक्नुपर्छ । म बेहोरिरा’छु । तर सबै जनाको यो यस्तो किसिमको कदम सबै महिलाप्रति नगरियोस् । यो भन्दा अगाडि पनि धेरै महिलालाई सुइसाइड गर्नलाई फोर्स गरेको छ मिडियाले । म त्यो चाहिँ भिक्टिम हुने महिला हैन । दिस इज अ रेप अफ माइ क्यारेक्टर । गभरमेन्टले चाहिँ चाँडै नै यो टेपको सत्य तथ्य उजागर गरोस् ।’ उनले ह्युमन ट्राफिकिङ बढिरहेको भन्दै त्यसलाई रोक्नका लागि विशेष योजना बनाउनु पर्नेमा जोड दिएकी छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७