योगेशको जिल्ला ताप्लेजुङमा वाम गठबन्धनको उत्साहपूर्वक उम्मेदवारी दर्ता (फोटो फिचर)


५ कार्तिक २०७४, आईतवार
Yogesh Bhattarai 7

ताप्लेजुङ : ताप्लेजुङमा एमाले र माओवादी केन्द्रले उत्साहजन तरिकाले संयुक्त उम्मेदवारी दर्ता गरेका छन् । नेकपा (एमाले) का सचिव एवम प्रचार विभाग प्रमुख योगेश भट्टराई प्रतिनिधिसभामा र प्रदेशसभा तर्फ १ मा एमाले जिल्ला अध्यक्ष बलबहादुर सामसोहाङ (सुरेन्द्र) र प्रदेशसभा २ मा माओवादी केन्द्रका केन्द्रीय स्थायी कमिटी सदस्य टंक आङबुहाङ ताप्लेजुङमा संयुक्त उम्मेदवारका रुपमा छन् । १ ३० बजे बाट ताप्लेजुङ सदरमुकामको बीरेन्द्र चोकबाट दुई पार्टीका नेता कार्यकर्तासहतिको संयुक्त जुलुस बजार परिक्रमा गर्दै उम्मेदवारी दर्ता स्थलमा पुगेको छ ।

भट्टराईलाई वाम गठबन्धनले ताप्लेजुङबाट प्रतिनिधिसभाका लागि उम्मेदवारको रुपमा अघि सारेको छ । २०२३ भदौ २१ गते ताप्लेजुङको साँघु ९मैवाखोला गाउँपालिका–३० मा जन्मिएका सचिव भट्टराई ताप्लेजुङबाट चुनाव लड्ने निश्चियसँगै जिल्लामा नयाँ रौनक र उत्साह थपिएको छ । राष्ट्रिय राजनीतिमा गहिरो र हस्तक्षेपकारी प्रभाव राख्ने युवा नेता जिल्लाको उम्मेदवार बन्नेभएपछि जिल्लामा नयाँ आशा पनि जागेको हो । जिल्लाले असल र बलियो अभिभाकत्व र संरक्षकत्व पाउने भएपछि जिल्लाबासीहरु उत्साही भएको जिल्लाका अगुवा रमेश बराल बताउँछन् । वाम गठबन्धनसँगै जिल्लाका साना दल, नागरिक समाज तथा सामाजिक आन्दोलनका अगुवाहरुले समेत भट्टराईलाई जिताउने अभियानमा जुटेको स्थानीय सञ्चारकर्मी बताछन् ।

प्राकृतिक सम्पदाको हिसाबले समृद्ध ताप्लेजुङलाई देशकै सुन्दर बगैँचाका रूपमा विकास गर्न सकिन्छ भन्ने उनको विश्वास छ । शान्तिपूर्ण अप्रिल क्रान्तिले लोकतान्त्रिक राजनीतिक क्रान्तिका मुख्य कार्यभार पूरा भएकाले अब आर्थिक क्रान्तिलाई मूल मन्त्र बनाएर राष्ट्रको आर्थिक(सामाजिक समृद्धिका लागि सिंगो राष्ट्र एकताबद्ध भएर लाग्नुपर्दछ भन्ने उनको दृष्टिकोण रहेको छ । देशबाहिर पोखिएको नेपाली युवाहरूको रगत र पसिनालाई नेपाली माटोमा नै एकाकार गराउनुपर्ने कुरामा उनको जोड छ । भन्छन् ‘सम्पूर्ण नेपाली नागरिकले श्रम गर्दै उत्पादनका काममा लाग्नुपर्छ । राष्ट्रिय पुँजी र उद्योगको विकासमा प्राथमिकता दिनुपर्छ । सबैले अनिवार्य कर तिर्नुपर्छ । अनि मात्र देशभित्र रोजगारीका अवसर सिर्जना हुन्छ । युवाहरूलाई विदेश पलायन हुनबाट रोक्न सकिन्छ ।’

भट्टराई साँघुकै ९ मैवाखोला गाउँपालिका० नारायणी निमाविमा कक्षा ७ सम्मको पढाइ सकेर माध्यमिक शिक्षाका लागि संखुवासभाको मादी हुदै उच्च शिक्षाका लागि काठमाडौं आएका थिए । तर, उनी ताप्लेजुङको विकास र समृद्धिका लागि काठमाडौंमा हुने अभियानमा मात्रै होइन जिल्लामा भएका अभियानमा समेत सक्रिय सहभागी हुदै आएका छन् । ताप्लेजुङको समग्र विकासका निम्ति उनीहरुकै अगुवाइमा २०६४ सालमा ‘ताप्लेजुङ सरोकार केन्द्र’को स्थापना भयो । उनी त्यसका संस्थापक महासचिव हुन् । ‘ताप्लेजुङ सरोकार केन्द्र’ स्थापनापछि ताप्लेजुङको विकासका लागि केन्द्रीय तहमा धेरै अभियानहरु भएका छन् ।

सबैको सहमति, समझदारी र सहकार्यमा ताप्लेजुुङलाई समृद्ध र ताप्लेजुङवासी जनतालाई सुखी बनाउने भट्टराईको ध्येय छ । ताप्लेजुङमा भएका सबै जाति, जनजाति, भाषा, धर्म र संस्कृतिप्रति सम्मान गर्ने उनी सबैको एकता र सामाजिक सद्भावलाई मूलमन्त्र मान्छन् । ताप्लेजुङको विकासका लागि सबैको साथ र सबैको हात लिएर अघि बढ्ने उनको प्रतिबद्धता छ । स्वाभाविक रुपमा सचिव भट्टराईसँग देशैभरका जनताहरुको आशा र अपेक्षा जोडिएका छन् । तर, यो वार्तामा ताप्लेजुङसँग जोडिएका उनका योजना र सपनाको बारेमा मात्रै बसह गरिएको छ ।

हेर्नुहोस् फोटो फिचर :-

Yogesh Bhattarai 8

 

Yogesh

Yogesh Bhattarai 5

Yogesh Bhattarai 2

 

Yogesh Bhattarai 3

Yogesh Bhattarai 4Yogesh Bhattarai 6

Yogesh Bhattarai 7

 

 

yogesh 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७