घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?


३ जेष्ठ २०८०, बुधबार
Gold 2

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य ११ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज ११ सय रुपैयाँले घटेर प्रतितोला सुन १ लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन मंगलबार ८५० रुपैयाँले बढेर प्रतितोला सुन १ लाख ११ हजार १ सय रुपैयाँमा खरिदबिक्री भएको थियो । आज तेजावी सुन १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको छ ।

सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको छ । आज ५ रुपैयाँले घटेर प्रतितोला चाँदी १३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७