केहि सीडीओसहित २२ उपसचिव र सहसचिवको सरुवा


३ जेष्ठ २०८०, बुधबार
griha mantralaya

काठमाडौं । सरकारले नौं सहसचिव र १३ उपसचिवको सरुवा गरेको छ । जसमा केही जिल्लाका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी पनि छन् ।

गृह मन्त्रालयले ललितपुर, धादिङ, अछाम, कास्की, गुल्मी र अर्घाखाँचीसहितका जिल्लाका सिडिओको सरुवा गरेको हो । ललितपुरका सिडिओ जयनारायण आचार्यलाई गृहमन्त्रालय ल्याएर त्यहाँ राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितलाई सरुवा गरिएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको महानिर्देशकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्यलाई लगिएको छ । सहसचिव बद्रीनाथ गैह्रे धादिङको प्रजिअ बनेर गएका छन् । तुलसीबहादुर श्रेष्ठ गृह मन्त्रालय आएका छन् ।

वासुदेव घिमिरे जिल्ला प्रशासन कार्यालय कास्कीको प्रजिअ भएका छन् । शिवराम न्यौपाने जिल्ला प्रशासन कार्यालय अछामको प्रजिअ भएका छन् । कमल राज ढकाल अर्घाखाँचीका प्रजिअ बनेका छन् । उता टेकबहादुर केसी पनि गुल्मीको प्रजिअको जिम्मेवारीमा पुगेका छन् ।

गुल्मीका प्रजिअ सागरमणि पाठक र अछामका प्रजिअ लक्ष्मण ढकाल गृहमा आएका छन् । अर्घाखाँचीकी प्रजि मिना अर्याल अध्यागमन कार्यालय गौतमबुद्ध विमानस्थल भैरहवामा सरुवा भएकी छन् । भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्मा जिल्ला प्रशासन कार्यालय रुकुम पूर्व पुगेका छन् ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका उपसचिव कृष्ण पौडेल जिल्ला प्रशासन कार्यालय तेह्रथुम पुगेका छन् । त्यहाँका मोहनप्रसाद अर्याल जिल्ला प्रशासन कार्यालय बर्दियाको सहायक प्रजिअ भएका छन् । बर्दियाका सहायक प्रजिअ रमेश पाण्डेय गृह मन्त्रालयमा सरुवा भएका छन्। राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी देवी पाण्डे खत्री राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागमा सरुवा भएकी छन् ।

अध्यागमन विभागका उपसचिव तुलाराज सुनुवार सुर्खेतको सहायक प्रजिअ बनेर गएका छन् । इलाका प्रशासन कार्यालय साँखुका उपसचिव राजकुमार राई भोजपुरको सहायक प्रजिअ भएका छन् । रोल्पाका सहायक प्रजिअ ध्रुवप्रसाद कोइराला इलामका सहायक प्रजिअ भएका छन् । गृह मन्त्रालयका उपसचिव बलराम ढकाल काठमाडौंका सहायक प्रजिअ बनेका छन् । केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवलका जेलर डोरेन्द्र निरौला भक्तपुरको सहायक प्रजिअ बनेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७