कहाँ–कहाँ छ आज पानी पर्ने सम्भावना ?


५ जेष्ठ २०८०, शुक्रबार
weather lighting

काठमाडौं । देशको पहाडी भू–भागमा आज (शुक्रबार) बिहान आंशिकदेखि सामान्य बदली रहेको मौसमविदले जनाएका छन् । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । कोशी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज (शुक्रबार) दिउँसो कोसी प्रदेशमा सामान्य बदली रहने सम्भावना रहेको छ । वाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । विभागका अनुसार बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागले आज राति कोशी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने बताएको छ । कोशी प्रदेशको थोरै स्थान तथा वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७