प्रहरीकै आँखा अगाडि दिसा खुवाइएपछि…


२१ बैशाख २०७५, शुक्रबार
malmutra 1

सुर्खेत, २१ बैशाख । सुर्खेतमा आन्तरिक विवाद हुँदा छिमेकीलाई दिसा खुवाउने एक जना महिला पक्राउ परेकी छन् ।
बराहताल गाउँपालिका–५, सुर्खेतकी भविसरा थापामगरले बराहताल गाउँपालिका–५ का भक्तबहादुर सलामीलाई मिलापत्र गर्ने क्रममा बड्डीचौर प्रहरी चौकीको हाताभित्रै दिसा खुवाएपछि पक्राउ परेकी हुन् ।

malmutra 1

गाउँमा सलामीले मदिरा सेवन गरी गाली–बेइज्जती गरेको भनी थापाले प्रहरीचौकीमा उजुरी गरेकी थिइन् ।
प्रहरीले थापा र सलामी दुवै पक्षलाई झिकाइ वडा नम्बर–५ का वडाध्यक्ष दिल मसांगीको रोहवरमा छलफल गर्दा ‘अबीरको टीका लगाएर सलामीसँग मिलापत्र गर्छु’ भन्दै प्लाष्टिकमा लुकाई ल्याएको दिसा खुवाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक उमाकान्त चतुर्वेदीले जानकारी दिए ।

प्रहरी कार्यालय बड्डीचौरमा मिलापत्रको छलफलका क्रममा दिसा खुवाएपछि सलामीले प्रहरीमा उजुरी दिएको र त्यसैको आधारमा थापालाई पक्राउ गरिएको चतुर्वेदीले बताएका छन् । प्रहरी कार्यालयमा दिसा खुवाउने थापालाई थप अनुसन्धान गरिरहेको उनले बताए । बड्डीचौर प्रहरीले चौकीमै दिसा खुवाएपछि विवाद बढ्दा थापा र सलामीको पक्षलाई छलफलका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पठाइएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७