राष्ट्रपति संसद जाँदा–आउँदा सडक खाली नगराइने


५ जेष्ठ २०८०, शुक्रबार
Ramchandra poudel 3 scaled
फाइल फोटो

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा सम्बोधनका लागि जाँदा र फर्किदा सर्वसाधारणको आवागमनमा नरोकिने भएको छ ।

संघीय संसद भवनमा बस्ने दुवै सदनको बैठक सम्बोधन र नीति तथा कार्यक्रम वाचनका लागि शीतलनिवासबाट नयाँ बानेश्वर आउँदा र फर्किदा सर्वसाधारणको सडक आवातजावतमा रोक नलगाइने भएको हो । राष्ट्रपति पौडेलले आज (शुक्रबार) अपरान्ह ४ बजे संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

‘शीतलनिवासबाट नयाँबानेश्वर चोकसम्म राष्ट्रपति ज्यूको सवारी सामान्य हुन्छ,’ ट्रााफिक प्रहरी प्रमुख डीआईजी कोषराज पोखरेलले भने,’ ‘नयाँ बानेश्वर चोकदेखि सर्भिस लेनबाट औपचारिक सवारी हुन्छ । अन्य स्थानमा सडक अवरुद्ध हुँदैन ।’

शीतलनिवासले पनि राष्ट्रपतिको सवारी गत चैत ७ गते घोडेजात्राका क्रममा भएको जस्तै हुने जनाएको छ । ‘उहिलेको जस्तो सडक नै बन्द गरेर अबदेखि राष्ट्रपतिज्यूको सवारी हुँदैन,’ पौडेलका प्रेस संयोजक खिला कार्कीले भने, ‘घोडेजात्राको जस्तै साधारण सवारी हुन्छ । राष्ट्रपति संसद जाँदा सर्वसाधारणले सास्ती पाउँदैनन् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७