प्रधानमन्त्रीले पेस्तोल पड्काएर गरे म्याराथन प्रतियोगिताको उद्घाटन


६ जेष्ठ २०८०, शनिबार
kantipur Marathon LCr0X7YgOI
तस्वीरहरु : प्रदीपराज वन्त

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपले आज ११ औं ‘कान्तिपुर हाफ म्याराथन’ आयोजना गरेको छ । थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालय परिसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस्तोल पड्काएर म्याराथन प्रतियोगिताको उद्घाटन गरेका छन् ।

kantipur 9NnCQ9a8l8

प्रधानमन्त्री प्रचण्डले कान्तिपुर मिडिया ग्रुपले म्याराथनमार्फत वातावरण संरक्षणको क्षेत्रमा योगदान पुर्‍याएको बताएका छन् । साथै कान्तिपुर मिडिया ग्रुपले हरेक विकृति र विसंगतिविरुद्ध पनि निरन्तर आवाज उठाउँदै आएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

यस वर्षको म्याराथनको नारा ‘लेट्स गो ग्रिन टुगेदर’ रहेको छ । हाफ म्याराथन (२१.१ किमि), कलेज रन (७ किमि), कर्पोरेट रन (५ किमि) र ह्विलचियर रन (३ किमि) गरी चार विधामा झन्डै ४ हजार ७ सय सहभागी हुने आयोजक कान्तिपुर पब्लिकेसन्सले जनाएको छ ।

kantipur Marathon iTqUZg7Mb5

सिटी म्याराथनको अवधारणामा राखिएको कान्तिपुर हाफ म्याराथनमा कलेज रन पहिलो पटक राखिएको छ । प्रतियोगितालाई नेपाल एथलेटिक्स संघले वार्षिक क्यालेन्डरमा राख्दै आएको छ । हाफ म्याराथन पुरुष र महिला दुवैका विजेताले १ लाख रुपैयाँ पुरस्कार पाउने छन् । दोस्रोले ५० हजार, तेस्रोले ३० हजार, चौथोले २० हजार, पाँचौंले १० हजार र छैटौं हुनेले ५ हजार रुपैयाँ पाउने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७