प्रदेशको समृद्धिमा सञ्चय कोष सहयोगी बन्नु पर्छ : मुख्यमन्त्री राई


२१ बैशाख २०७५, शुक्रबार
sherdhan

मोरङ, २१ बैशाख । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले प्रदेश र स्थानीय जनताको आर्थिक समृद्धिमा सञ्चय कोष सहयोगी हुनुपर्ने बताएका छन् । sherdhan

विराटनगर–१० मा कोषको नव निर्मित भवन आज उद्घाटन गर्दै उनले कोषमा सञ्चयकर्ताको हित, मुलुकको विकास र समृद्धिका योजनामा लगानी गरी यस क्षेत्रका जनताको आर्थिक उन्नतिमा सहयोगात्मक भूमिका निर्वाह गर्न आग्रह गरे । उनले तीन तहकै सरकार निर्माण भई कार्य गरिरहेको अवस्थामा जनताको विकास र समृद्धिको चाहनालाई मूर्तरुप दिन कोषको लगानी सहयोगात्मक र अनुकरणीय हुनुपर्नेमा जोड दिए ।

प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले कोषले आफ्नो सेवा अझ विस्तार गर्नुपर्ने बताएका छन् । कोषका मुख्य अधिकृत राजेन्द्र काफ्ले तथा कोषका शाखा शान्ता गौतम, मुख्य प्रशासक तुलसीप्रसाद गौतमलगायतले सामाजिक सुरक्षा अन्तर्गत कोषले निवृत्तिभरण पश्चात पनि सेवा उपलव्ध गराउने योजना ल्याउन लागेको जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७