कुनै पनि कालखण्डका भ्रष्टाचारको फाइल खोलौं : ओली


७ जेष्ठ २०८०, आईतवार
Kp oli samsad scaled

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको फाइल खोल्न सरकारलाई आग्रह गरेका छन् । एमाले अध्यक्ष ओलीले इतिहासका कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको फाइल खोल्न आम राजनीतिक दललाई आग्रह गरे ।

ओलीले भने, ‘सरकार भ्रष्टाचार नियन्त्रणको प्रतिवद्धताबाट उम्किन खोजेको जस्तो देखिन्छ । भ्रष्टाचार र अख्तियार दुरुपयोग गरेका इतिहासको कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको फाइल खोलौं । भ्रष्टाचारको फाइल खोलौं । एक पटक इच्छाशक्ति देखाऔं । त्यसलाई साझा इच्छाशक्ति बनाऔं । सबै एकबद्ध हुनुपर्छ । भ्रष्टाचार भ्रष्टाचार नै हो ।’

ओलीले सरकार भ्रष्टाचार नियन्त्रणमा कस्सिएझैं गरे पनि भ्रष्टाचार नियन्त्रणमा प्रतिवद्ध नभएको आरोप लगाएका छन् । ओलीले भने, ‘मलाई पत्यार लाग्दैन सरकारले सबै भ्रष्टाचार नियन्त्रण गर्छ । सरकार भ्रष्टाचार नियन्त्रणमा कस्सिएझै गर्छ । सरकार भ्रष्टाचार नियन्त्रणको प्रतिवद्धताबाट उम्किन खोजेको जस्तो देखिन्छ । भ्रष्टाचार र अख्तियार दुरुपयोग गरेका इतिहासको कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको फाइल खोलौं । एक पटक इच्छाशक्ति देखाऔं । त्यसलाई साझा इच्छाशक्ति बनाऔं । सबैले एकबद्ध हुनुपर्छ । भ्रष्टाचार भ्रष्टाचार नै हो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७