तामाकोशी पाँचौँका लागि १३ अर्ब ७५ करोडको ऋण सम्झौता


८ जेष्ठ २०८०, सोमबार
Tamakoshi V
फाइल फोटो

दोलखा । तामाकोशी पाँचौँ जलविद्युत आयोजनाका लागि लगानी जुटेको छ । दोलखामा निर्माण हुने ९९ दशमलव ८ मेगावटको आयोजनामाआज ऋण सम्झौता भएको हो ।

कर्मचारी सञ्चय कोषले लगानी गर्ने गरी ऋण सम्झौता गरेको छ । कोषले १३ अर्ब ७५ करोड रूपैयाँ ऋण लगानी गर्ने भएको छ । आयोजना निर्माणका लागि लगानी जुटाउन आइतबार नेपाल विद्युत प्राधिकरण, तामाकोशी जलविद्युत कम्पनी र कर्मचारी सञ्चय कोषबीच त्रिपक्षीय सम्झौता भएको छ ।

सम्झौतापत्रमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, कोषका प्रमुख प्रशासक जितेन्द्र धिताल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनोद भण्डारीले हस्ताक्षर गरे । तामाकोसी पाँचका लागि २१ अर्ब १३ करोड ९५ लाख रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको छ । जुन निर्माण अवधिको ब्याजसहित हो ।

नेपाल विद्युत प्राधिकरणले तामाकोसी जलविद्युत कम्पनी निर्माण गरी निर्माण गर्न आयोजनामा ६५ प्रतिशत ऋण र ३५ प्रतिशत स्वपुँजी (इक्वटी) रहने छ । स्वपुँजीमध्ये विद्युत प्राधिकरणको ६८ प्रतिशत र सर्वसाधारण समूहको ३२ प्रतिशत लगानी रहने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७