सामुहिक बलात्कारपछि हत्या गरी फरार दुई जना १६ वर्षपछि पक्राउ


८ जेष्ठ २०८०, सोमबार
dharan farar fEwwjucnty

धरान । धरानकी एक महिलालाई सामुहिक बलात्कारपछि हत्या गरेर फरार अभियुक्त १६ वर्षपछि पक्राउ परेका छन् । धरान उपमहानगरपालिका–१२ की २५ वर्षीया ललिता राईलाई बलात्कार गरेर हत्या गरी फरार धनकुटा शहिदभूमि गाउँपालिका–१ का ५६ वर्षीय चन्द्रबहादुर राई र ४४ वर्षीय कल्पन राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले जानकारी दिए ।

उनीहरुले ललितालाई २०६४ मंसिर २३ गते धरानको बलभद्रेश्वर अरुणोदय धर्मशालाको कोठा नम्बर २१८ मा राखेर पालैपालो जबरजस्ती करणी गरी घाँटी थिचेर हत्या गरेका थिए । हत्यापछि फरार उनीहरुलाई १६ वर्षपछि पक्राउ गर्न धरान प्रहरी सफल भएको डीएसपी मल्लले बताए ।

इलाका प्रहरी कार्यालय धरानले उनीहरुलाई धनकुटाको शहिदभूमि गाउँपालिकाबाट पक्राउ गरी सार्वजनिक गरेको छ । दुबै अभियुक्तहरुले विवाहित महिला ललितालाई बलत्कार गरी हत्या गरेको स्विकार गरेको प्रहरीलाई बयान दिएका छन् । उनीहरुविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुर अन्तर्गत जिल्ला अदालत सुनसरीबाट १० दिनको म्याद थप गरी घटनाको अनुसन्धान थालिएको डीएसपी मल्लले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७