ओली–दाहालबीच पार्टी एकताका लागि ४ बुंदे सहमति, ओलीले प्रतिशत छाडे, दाहालले सूर्य चिन्ह माने


२१ बैशाख २०७५, शुक्रबार
kp oli prachand
फाइल तस्बिर ।

काठमाडौं, २१ बैसाख । पार्टी एकीकरणका विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पटक–पटक भेटवार्ता भईरहेका छन् ।

kp oli prachand
फाइल तस्बिर ।

 

बिहीबार बिहान र दिउँसो गरी दुई पटक प्रधानमन्त्री निवासमा ओली–प्रचण्डबीच छलफल भएको छ । चाँडै पार्टी एकता गर्ने तयारीमा रहेका दुई दलका अध्यक्षबीच चार बुँदे सहमति समेत भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा। कुन्दन अर्यालले ओली–प्रचण्डबीचको छलफल सकारात्मक रहेको र आवश्यकतानुसार फेरि छलफल गरी निष्कर्षमा पुगिने जानकारी दिएका छन् ।

यस्तो छ सहमति

१० कार्यदलले प्रस्ताव गरेको प्रतिवेदन उचित भएकाले त्यसको अनुमोदनका लागि सामान्य भाषा परिमार्जन सहित एकता संयोजन समितिमा पेश गर्ने ।

२० माओवादी ‘जनयुद्ध’ बारे राजनीतिक प्रतिवेदनमा जुन स्पिरिटमा उल्लेख गरिएको छ त्यही स्पिरिटमा विधानमा पनि उल्लेख गर्ने ।

३० एकीकृत पार्टीको चुनाव चिन्ह सूर्य नै राख्ने ।

४० बराबरीको मान्यतका आधारमा कम्तिमा पनि तीन सय ७५ सम्मको एकीकृत केन्द्रीय समिति निर्माण गर्ने ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७