नेपाल बैंकमा जागिर खाने हो ? २७६ जनाको आयो माग, यसरी दिनुस् आवेदन


२१ बैशाख २०७५, शुक्रबार
Nepal Bank Limited

काठमाडौं, २१ बैसाख । नेपाल बैंक लिमिटडले केन्द्र तथा प्रदेशस्तरमा एक पटक विभिन्न पदमा २७६ जना कर्मचारी माग गरेको छ । बैंकले सहायक प्रवन्धकका लागि ८० जना कर्मचारी माग गरेको छ । त्यस्तै सात वटै प्रदेशको लागि ४ औ तहको सहायक पदमा १९६ जना कर्मचारी माग गरेको जनाएको छ । nepal bank

बैंकले प्रदेश नं एकमा सहायक पदकालागि ४० जना, प्रदेश नं मा २८ जना, प्रदेश नं ३ मा ४२ जना, प्रदेश नं ४ मा २६ जना, प्रदेश नं ५ मा ३५ जना, प्रदेश नं ६ मा १३ जना र प्रदेश नं ७ मा १२ जनाको लागि विज्ञापन खुला गरेको हो ।
सहायक प्रबन्धकको लागि सम्बन्धित पदको क्षेत्रमा स्नातकोत्तर र सहायक पदकालागि व्यवस्थापन वा अर्थशास्त्रमा स्नातक गरेको हुनुपर्ने छ ।

इच्छुक आवेदकले जेठ १० गतेसम्म अनलाइन प्रणालीबाट आवेदन दिन पाउने छन् । आवश्यक कागजपत्र स्क्यान गरेर अनलाइन प्रणालीमा पेस गर्नुपर्ने बैंकले जनाएको छ । चौथो तहको सहायक पदमा उत्तीर्ण आवेदकले सुरु नियुक्ती भएको ’क’ र ’ख’ समूहका कार्यालयमा न्यूनतम ५ वर्ष, ’ग’ समूहका शाखा कार्यालयमा ६ वर्ष र ’घ’ र ’ङ’ समूहका शाखा कार्यलयमा ७ वर्षसम्म न्यूनतम सेवा गर्नुपर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७