पाँच हजार मिटर दौडमा मिङमार र निनुलाई स्वर्ण


१० जेष्ठ २०८०, बुधबार
shutterstock 250676299 scaled min

हेटौंडा । दोस्रो बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत पाँच हजार मिटर दौडमा सिन्धुपाल्चोकका मिङ्मार सिंह र निनु तामाङले स्वर्ण पदक जितेका छन् । मङ्गलबार भएको खेलमा मिङ्मार पुरुषतर्फ तथा निनु महिलातर्फ स्पर्धामा पहिलो भएका हुन् ।

मिङ्मारले निर्धारित दूरी १८ मिनेटमा नौ सेकेण्डमा पूरा गरे । सोही स्पर्धामा काठमाडौँका धर्म महर्जन र सिन्धुपाल्चोकका विश्वराम कुँवरले क्रमशः रजत र कास्य पदक प्राप्त गरे । महिलातर्फ निनुले निर्धारित दूरी २१ मिनेट आठ सेकेण्डमा पूरा गरिन् । सो स्पर्धामा दोलखाकी सोनु घोतानेले रजत र भक्तपुरकी रोस्टिना सितिखाले कास्य पदक प्राप्त गरिन् ।

यसैगरी एथलेटिक्स दुई सय मिटर दौड पुरुषतर्फ मकवानपुरका जिकेश सापकोटा तथा महिदलातर्फ मकवानपुरकै दिना गोपालीले स्वर्ण पदक जिते । हेटौँडास्थित पिप्ले क्याम्पा रङ्शालामा भएकोे सो स्पर्धामा मकवानपुरकी निर्धारित दूरी २९ दशमलव ३७ सेकेण्डमा तथा जिकेशले २४ दशमलव ६० सेकेण्डमा पूरा गरे । महिला स्पर्धामा भक्तपुरकी स्वागता खाइतु र चितवनकी रोजिता गुरुङले क्रमशः रजत र कास्य पदक प्राप्त गरे । पुरुषतर्फ मकवानपुरका सुजन राईले रजत र चितवनका शेखर उप्रेतीले कास्य पदक प्राप्त गरे ।

यस्तै महिला आठ सय मिटर दौडमा ललितपुरकी रजिना दुलालले स्वर्ण जितिन् । उनले निर्धारित दूरी दुई मिनेट ४० सेकेण्डमा पूरा गरिन । यसै विधामा नुवाकोटकी आस्था राईले रजत र रामेछापकी भगवती खड्काले कास्य पदक प्राप्त गरिन् । सोही स्पर्धामा पुरुषतर्फ चितवनका अृमत बोटले स्वर्ण जिते । उनले निर्धारित दूरी दुई मिनेट आठ सेकेण्डमा पूरा गरे । सिन्धुपाल्चोकका टीकाराम लोप्चनले रजत र नुवाकोटका दिनेश राईले कास्य पदक प्राप्त गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७