शरणार्थी प्रकरण : २७ करोड ८१ लाख बिगो दाबी गर्दै ३० जनाविरुद्ध मुद्दा दर्ता


१० जेष्ठ २०८०, बुधबार
182 Shares
khad top

काठमाडौं । नक्कली भुटानी शरणार्थी ठगी प्रकरणको मुद्दा अदालतमा दर्ता भएको छ । २७ करोड ८१ लाख बिगो दाबी गर्दै सरकारी वकिलको कार्यालयले बुधबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गराएको हो ।

२२७१ दर्ता नम्बर रहेको उक्त मुद्दामा सरकारी वकिल कार्यालयले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने ठगी प्रकरणमा ३० जना प्रतिवादीविरुद्ध अभियोग पत्र दायर गरेको हो । उनीहरुविरुद्ध ठगी, सरकारी कागजात कीर्ते, राष्ट्रहित विरुद्धको कसूर र संगठित अपराध मुद्दामा कारबाही गर्न माग गरिएको सरकारी वकिल कार्यालय स्रोतले जनाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

यो प्रकरणमा एमाले नेता तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, कांग्रेस नेता एवम पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व सभासद आङटावा शेर्पा, गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत ३० जनाविरुद्ध मुद्दा दर्ता गरिएको हो । मुद्दा दर्ता गरिएकामध्ये १६ जना पक्राउ परेका छन् भने १४ जना फरार छन् ।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७