घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?


११ जेष्ठ २०८०, बिहीबार
Gold 2

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको भाउ एक हजार रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

तेजाबी सुन १ लाख ८ हजार ३०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन बुधबार छापावाल सुन तोलाको १ लाख ९ हजार ८०० रुपैयाँ पुगेको थियो । सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि घटेको छ । चाँदी प्रतितोला १३५७.५० रुपैयाँ तोकिएको छ । बुधबार चाँदी १३६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७